माघ ४ नेपाल ।

लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नम्बर १६७०४/०८१-८२ (मधेशी), सङ्घीय संसद सेवा, सामान्य प्रशासन समूह, रा.प. तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह पदमा आयोगको सूचना नं. ६३१/०८२-८३, मिति २०८२ मंसिर २० को सूचना अनुसार स्थायी नियुक्तिका लागि सिफारिस भएका योग्यताक्रम नं. १३ (तेह), रोल नम्बर ३११२८१ का उम्मेदवार बबलि मेहताको नियुक्ति पत्र सङ्घीय संसद सचिवालय कर्मचारी प्रशासन नियमावली, २०६५ को नियम १६ को उपनियम (३) बमोजिम रद्द गरिएकोले उक्त पद रिक्त भएको विकास मल्लिक
वैकल्पिक उम्मेदवारलाई नियमानुसार सिफारिस गरी पठाउन लेखी आएकोले लोक सेवा आयोग नियमावली, २०७९ को नियम ४६ को उपनियम (१) को (ख) र (ग) मा उल्लिखित व्यवस्था बमोजिम उपरोक्त विज्ञापनको वैकल्पिक सूचीको योग्यताक्रम नं १ (एक) का विकास मल्लिक उम्मेदवारलाई सङ्घीय संसद सचिवालयमा वैकल्पिक उम्मेदवार सिफारिस गर्ने गरी मिति २०८२ माघ ४ मा निर्णय भएको व्यहोरा लोकसेवा आयोगले जनाएको छ ।