माघ ४ नेपाल ।

मिति २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को लागि निर्वाचन प्रहरी भर्ना छनोट नियुक्ति तथा परिचालन सम्बन्धी एकीकृत (नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल, नेपाल) कार्यविधि-२०८२ बमोजिम जिल्ला प्रहरी कार्यालय रामेछापमा दरखास्त दर्ता गरेका निर्वाचन प्रहरीको उम्मेदवारहरुको शारीरिक परीक्षण, शारीरिक सहिष्णुता तथा लिखित परीक्षा हुने भएको छ।

कार्यलयले दिएको उम्मेदवारहरुले प्रवेश पत्र सहित, सक्कलै नागरिकता साथमा लिई परीक्षा सुरु हुनु भन्दा १ (एक) घण्टा अगाबै उपस्थित हुन जिल्ला प्रशासन कार्यलयले सूचना जारी गरेको छ ।