पुस ३० नेपाल ।

यो महिनाको अन्तिम कारोबारमा आज सेयर बजार नेप्से १.५२ अंक अर्थात ०.०५ प्रतिशतले बढेर २६४१.४३ विन्दुमा बजार बन्द भएको छ । आज सेयर किनबेच ६अर्व २०करोड ९४लाख ३८हजार ९ सय ६रुपैयाँ दशमलव ३७पैसा बराबरको सेयर किनबेच भएको छ।

सेयर बजारमा सेयर कारोबारलाई अर्थतन्त्र चलाएमान राख्ने अस्त्रको रुपमा लिईन्छ। नेपालको सेयर बजार नेप्से चार बर्ष पहिले बत्तिस सयको आसपास पुगेको थियो । त्यसपछि नेप्से तलमाथि गर्दै आजको दिनमा चलिरहेको छ ।बत्तिस सय नेप्सेमा सेयर किनेर आजसम्म नबेची होल्ड गर्ने सेयर लगानीकर्ताको सेयर सम्पत्ति सावाँनै सत्तरी प्रतिशतको हाराहारीमा नोक्सानी भएको देखिन्छ।

नेप्से २६सयको आसपास झिनो अकंले घट्ने र बढने गरेको धेरै दिन चलेको देखिन्छ। यो क्रमलाई अनुभवी सेयर लगानीकर्ता सकारात्मक सन्देश हो भन्छन् ।

केही लगानीकर्ता भन्छन् २६सय नेप्से अत्यन्तै बलियो बिन्दुमा चलेको र देशको राजनीतिक अवस्था सुधारउन्मुख रहेकोले सेयर बजार नेप्सेले सकारात्मक सन्देश दिईरहेको समेत बताउछन् । २६ सय नेप्से झिनो अकंले तलमाथि गरेको लामो समय भईसकेको छ भने२६सय नेप्से अत्यन्तै बलियो बटमलाईन भएको आम लगानीकर्ताहरुको बुझाईमा रहेको पाईन्छ