पुस ३० नेपाल ।

मिति २०८२ माघ १ बिहीबारका दिन माघे संक्रान्ति/माघी पर्वको उपलक्ष्यमा नेपाली राजदूतावास, क्वालालम्पुर बन्द रहने सम्बन्धित सबैमा नेपाली राजदूतावास मलेसियाले सूचना मार्फत
जानकारी दिएको छ।

उक्त दिन आकस्मिक सहयोगका लागि राजदूतावासको हटलाइन नं. ०१६ २४७२७७७ मा सम्पर्क गर्न दूतावासले जनाएको छ । राजदूतावासका नियमित सेवाहरु मिति २०८२ माघ २ गते शुक्रबारका दिन पुनःसुचारु हुने दूतावासको सूचनामा उल्लेख रहेको छ ।