पुस २९ नेपाल ।

राजस्व न्यायाधिकरण काठमाडौं मुकाम पुल्चोक, ललितपुरमा पुनरावेदनको लागि आउदा राख्नुपर्ने धरौटी बापतको रकम आयकर तर्फ आयकर ऐन २०५८ को दफा ११६ (७) मा “सम्बन्धित कार्यालयको नाममा कोष तथा लेखा नियन्त्रक कार्यालयमा रहेको धरौटी खातामा दाखिल गरेको बैङ्क भौचर वा त्यस्तो रकम बराबरको बैङ्क जमानतपत्र साथ पेश गर्नु पर्नेछ” भन्ने व्यवस्था भएको र मूल्य अभिवृद्धि कर तर्फ मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा ३३ (३) मा “सम्बन्धित कार्यालको नाममा कोष तथा लेखा नियन्त्रक कार्यालयमा रहेको धरौटी खातामा दाखिल गरेको बैङ्क भौचर वा त्यस्तो रकम बराबरको बैङ्क जमानतपत्र पुनरावेदनपत्र साथ पेश गर्नु पर्नेछ” भन्ने व्यवस्था भएता पनि न्यायाधिकरणमा मुद्दा दर्ताको क्रममा विभिन्न करदाताहरुले राजस्व खातामा नै धरौटी बापतको रकम जम्मा गरि पुनरावेदन दर्ता गर्न आएकोमा  सूचना मार्फत सबै करदाताहरु लाई अब उपरान्त ऐनमा उल्लेख भए बमोजिम कोष तथा लेखा नियन्त्रक कार्यालयको धरौटी खातामा धरौटी बापत को जम्मा गरेको भौचर वा मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६८ (१) को “बैंक जमानत विना शर्तको र अदालतले तोके बमोजिमको को अवधि सम्म अद्यावधिक हुसक्ने हुपर्नेछ” भन्ने व्यवस्था बमोजिमको (क) वर्गको बैंकको राजस्व न्यायाधिकरणको नाममा बैंक जमानतपत्र वाहेक अन्य कुनै किसिमको खाताहरुमा मुद्दा दर्ता गर्ने प्रयोजनको लागि दाखिला गरेको धरौटी वापतको रकम स्वीकार्य हुन नसक्ने राजस्व न्यायाधिकरण काठमाडौं मुकाम पुल्चोक, ललितपुरले जानकारी गराएको छ।