पुस २९ नेपाल ।

प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन जिल्लास्थित विविध कारणले विभिन्न व्यक्ति तथा समुहहरुसँग अवैध रुपमा रहेका हातहतियार खरखजना मिति २०८२ माघ १५ गते भित्र नजिकको प्रहरी कार्यालय वा सुरक्षा निकायमा बुझाउनु जिल्ला प्रशासन सिन्धुलीले सूचना निकालेको छ ।

तोकिएको समयमा हातहतियार खरखजना नबुझाएमा प्रचलित कानून बमोजिम कारवाही हुने व्यहोरा समेत जिल्ला प्रशासन कार्यलय सिन्धुलीले चेतावनी दिएको छ।