पुस २८ नेपाल

२०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, शान्तिपूर्ण र भयरहित तबरबाट सम्पन्न गर्नको लागि सुनसरी जिल्लाभित्र इजाजत प्राप्त गरी व्यक्तिगत रुपमा राखिएका विभिन्न किसिमका हातहतियार खरखजना निर्वाचन कार्य सम्पन्न भए पश्चात फिर्ता हुने गरी मिति २०८२ माघ २१ गतेभित्र जिल्ला भित्रको नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालय, सुनसरीमा बुझाउनुहुन जिल्ला प्रशासन कार्यलय सुनसरीले सम्बन्धित सबैलाई भनेको छ ।

साथै हातहतियार तथा खरखजाना तोकिएको समय सीमा भित्र नबुझाएमा नियन्त्रणमा लिई कानून बमोजिम कारबाही हुने समेत प्रशासनले चेतावनी दिएको छ ।