पुस २७ नेपाल ।
महाविद्यालयमा चौथो अभिभावक दिवस मिति २०८२ साल पुस २४ गते विभिन्न कार्यक्रमहरूको आयोजना गर्दै भव्यताका साथ सम्पन्न भएको छ। श्री मध्य पूर्वी पृतनाका पृतनापति तथा महाविद्यालयका सञ्चालक समितिका अध्यक्ष उपरथी श्री कृष्णबहादुर जी.सी.ज्यूको प्रमुख आतिथ्यमा सम्पन्न चौथो अभिभावक दिवस–२०८२ समारोहमा मधेस प्रदेशका पूर्व मुख्यमन्त्री श्री सरोज कुमार यादवज्यू, श्री नं. ९ बाहिनीका सहायक बाहिनीपति महासेनानी श्री तिलक बहादुर थापाज्यू, चिफ अफ स्टाफज्यूहरू, गणपतिज्यूहरू, सैनिक अधिकृतज्यूहरू, विभिन्न विद्यालयबाट पाल्नु भएका प्रिन्सिपलज्यूहरू, आमन्त्रित अतिथिज्यूहरू, अभिभावकज्यूहरू, शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिती एवं सक्रिय सहभागिता रहेको थियो।
त्यसैगरी, महाविद्यालयका व्यवस्थापकीय अधिकृत प्रमुख सेनानी संगम अधिकारीज्यूले धन्यवाद मन्तव्य प्रस्तुत गर्नुभएको थियो भने निमित्त प्राचार्य श्री छत्र बहादुर खड्काज्यूले स्वागत मन्तव्य राख्नुभएको थियो।
अभिभावक दिवस अन्तर्गत आयोजित गणित, अङ्ग्रेजी, सामाजिक, विज्ञान तथा कला विषयका प्रदर्शनीलगायत विविध शैक्षिक गतिविधिहरूका झलकहरू:–

