पुस २५ नेपाल ।
रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका निवासी, गौरवशाली सामाजिक संख्या जय महांकाल युवा समूह रुपन्देही जिल्ता शाखाका युवा संयोजक प्रदीप पोखरेल ज्युलाई आफ्नै घरको पालिमा सुतिरहेको अवस्थामा योजनाबद्ध रूपमा ज्यान मार्ने उद्देश्यले रड प्रहार गरी आक्रमण गरिएको घटनाप्रति नेपालका लागि नेपाली पार्टी गम्भीर ध्यानाकर्षण भएको नेपालका लागि नेपाली पार्टीले जनाएको छ।
घटना सामान्य नभएको र घटना आपराधिक गतिविधि भई संगठित आपराधिक गिरोहद्वारा गराइएको जघन्य अपराध हो भन्ने कुरा घटनाको प्रकृति, समय र आक्रमणको शैलीबाट स्पष्ट देखिन्छ। शान्त समाजमा यस्ता कुकृत्यहरू हुनु राज्यको शान्ति-सुरक्षा प्रणालीमाथि नै गम्भीर प्रश्न हो।
तसर्थ नेपालका लागि नेपाली पार्टीले गृहमन्त्रालयसँग माग गरेको छ। घटनामा संलग्न सम्पूर्ण अपराधी गिरोहलाई चाँडोभन्दा चाँडो नियन्त्रणमा लिई म्याद थपसहित कडा कानुनी कारबाही अगाडि बढाइयोस्।
दोपीहरूलाई राजनीतिक, आर्थिक वा कुनै पनि प्रभावका आधारमा संरक्षण गर्ने प्रयास भए त्यसलाई राज्यविरुद्धको अपराध मानियोस् ।
साथै, नेपाल प्रहरी रुपन्देही तथा सम्बन्धित इलाका प्रहरी कार्यालयसँग पनि कडा माग गर्दछौं कि घटनामा संलग्न अपराधीहरूलाई तत्काल पक्राउ गरी निष्पक्ष, पारदर्शी र परिणाममुखी अनुसन्धान अगाडि बढाइयोस् ।
घाइते प्रदीप पोखरेल ज्युको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै, यस्ता अमानवीय र आपराधिक गतिविधिहरूको नेपालका लागि नेपाली पार्टी घोर भर्त्सना गर्दछ र भविष्यमा यस्ता घटनाहरू दोहोरिन नदिन राज्य गम्भीर रूपमा लाग्नुपर्ने स्पष्ट घेतावनी दिन चाहन्छ।
यदि दोषीमाथि समयमै कडा कारबाही नभएमा, यसले समाजमा गलत सन्देश जाने र अपराधीहरूको मनोबल बढ्ने खतरा रहनेछ, जसको सम्पूर्ण जिम्मेवारी राज्य संयन्त्रले लिनुपर्नेछ।नेपालका लागि नेपाली पार्टीले जारी गरेको प्रेस बिज्ञप्तिमा भनिएको छ।

