पुस २४ नेपाल ।

मिति २०८२ पुस २३ गते बुधबार प्रकाशित जनआस्था साप्ताहिक नामक पत्रिकाको वर्ष ३१ अंक ४१ को अघिल्लो पृष्ठमा प्रकाशित ओली बोल्दा बोल्दै किन रोकिन् लिलीले ? भनी प्रकाशित गलत, भ्रामक र गत भदौ २३ र २४ गते भएको आन्दोलनको क्रममा भएका माननव अधिकार उल्लंघनका घटनामा आयोगबाट भईरहेको छानबिनलाई प्रभावित पार्ने तथा आयोगका अध्यक्षको समेत नाम जोडी अन्य पदाधिकारीको मर्यादा र प्रतिष्ठामा आँच पुर्याउने नियत साथ प्रकाशित समाचार विरुद्ध आयोगबाट २०८२ भदौ २३ र २४ गते भएका घटनाको छानबिन गर्न गठित समितिले प्रेस काउन्सील ऐन, २०४८ को दफा ७ (ङ) र १२ बमोजिम कारवाहीको माग गरी प्रेस काउन्सीलमा उजूरी गरेको छ ।