पुस २४ नेपाल

´नेपाल सरकार ऊर्जा जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रीको रुपमा मिति २०८२ भदौ ३० गते नियुक्त भएकोमा हालको राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै आजकै मितिदेखि लागू हुने गरी मन्त्री पदवाट म आफ्‌नो राजीनामा सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष पेश गर्दछु`।

´जेन-जी आन्दोलनपछि गठन भएको सरकारको मन्त्रीको रूपमा काम गर्ने अवसर प्रदान गर्नुभएकोमा सम्माननीय प्रधानमन्त्रीज्यूप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछु। आफूले सम्हालेको मन्त्रालयहरु र त्यस मातहतका निकायमा सुशासन कायम गर्न, काम नगरी वर्षीदेखि अलपत्र पारी विकास परियोजनालाई वन्धक बनाउने कार्यलाई निरुत्साहित गर्न, देशको ऊर्जा, जलस्रोत तथा सिंचाइ क्षेत्रको सुधार, पूर्वाधार विकास र जनताको जीवनस्तर उकास्ने उद्देश्यका साथ मैले आफ्‌नो कार्यकालमा इमानदारीपूर्वक जिम्मेवारी निर्वाह गर्ने प्रयास गरेको छु` ।

´यस अवधिमा मैले पाएको सहयोग, विश्वास र सहकार्यका लागि सम्मानीय प्रधानमन्त्रीज्यू, मन्त्रिपरिषद्‌का सदस्यहरु, कर्मचारीहरु तथा सरोकारवाला सवैप्रति हार्दिक आभार व्यक्त गर्दछु । भविष्यमा पनि देश र जनताको हितमा आवश्यक पर्ने जुनसुकै जिम्मेवारी निर्वाह गर्न सधै तत्पर रहने प्रतिवद्धतासमेत व्यक्त गर्न गर्दछु`।