पुस २३ नेपाल ।
वन तथा वातावरण मन्त्रालय अन्तर्गतको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको रिक्त महाप्रवन्धक पदमा खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा पदपूर्ति गर्ने गरिने वन तथा वातावरण मन्त्रालय जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडले जनाएको छ।
योग्यता तथा अनुभव पुगेका इच्छुक नेपाली नागरिकहरूबाट सूचना प्रथम पटक मिति २०८२ भाद्र १२ मा प्रकाशित भएकोमा दरखास्तको अवधि पूरा नहुँदै उत्पन्न असहज परिस्थितिका कारण प्रक्रिया स्थगित भएकोले दोस्रो पटक सूचना प्रकाशित गरिएको वन तथा वातावरण मन्त्रालय जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडले जनाएको
छ।
सूचना प्रकाशन भएको मितिले ७ दिनभित्र (अन्तिम दिन सार्वजनिक बिदा परेमा सोको भोलिपल्ट) कार्यालय समयमा मन्त्रालयको प्रशासन शाखा, सिंहदरबार, काठमाडौँमा गोप्य दरखास्त पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि सूचनामा उल्लेख रहेको छ।
निर्धारित मिति र समयभित्र प्राप्त हुन नआएका तथा रीत नपुगेको दरखास्त उपर कुनै कारवाही नहुने साथै प्रथम पटक प्रकाशित सूचना बमोजिम प्राप्त दरखास्त समेत मान्ने हुने व्यहोरा वन तथा वातावरण मन्त्रालय जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडले जानकारी गराएको छ ।

