पुस २२ नेपाल ।

सैनिक आवासीय महाविद्यालयमा आवसीय रूपमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरूलाई मिति २०८२ पुस २४ गते बाट जाडो विदाको आउटिङ्ग छाड्‌ने व्यवस्था मिलाइएको हुँदा अभिभावकहरूले आफ्ना नानीबाबुहरूलाई लैजान सक्नुहुने व्यहोरा सैनिक आवसिय महाबिद्यालयले सम्बन्धित सम्पूर्ण लाई जानकारी दिएको छ।

साथै मिति २०८२ पौष २६ गतेदेखि २९ गतेसम्म कक्षा-९ का विद्यार्थीहरूको शैक्षिक भ्रमण कार्यक्रम भएको हुँदा उक्त कक्षाका विद्यार्थीहरूका अभिभावकहरूको हकमा स्वेच्छिक आउटिङ्ग रहेको जानकारीको साथै आउटिङ्ग नजाने विद्यार्थीहरूको अभिभावकले भ्रमणको लागि विद्यार्थीहरूलाई आवश्यक व्यक्तिगत सामग्रीहरू मिति २०८२ पुस २५ गते बेलुका ४:०० वजेसम्म अनिवार्य रूपले महाविद्यालयमा उपलब्ध गराइदिनुहुन
बिद्यालयले जनाएको छ।

साथै, मिति २०८२ माघ ६ गते मंगलबारबाट नियमित कक्षा सञ्चालन हुने हुँदा आवासीय रुपमा बस्ने कक्षा-६ देखि १० सम्मका विद्यार्थीहरू मिति २०८२ माघ ५ गते सोमबार अपराह्न ४:०० बजेभित्र अनिवार्य रुपमा महाविद्यालय प्रवेश गरी सक्नुपर्ने र डे-स्कलर विद्यार्थीहरू मिति २०८२ माघ ६ गते मंगलबार साविककै समय अनुसार आ-आफ्नो बस स्टेशनमा आइपुग्नु पर्ने व्यहोरा समेत बिद्यालयले सूचना मार्फत जानकारी दिएको छ ।