पुस २२ नेपाल ।

´मधेश विभिन्न भाषा, धर्म, संस्कृति र परम्पराहरूको सुन्दर संगम स्थल हो । परापूर्व कालदेखि नै हामीले एक-अर्काको आस्था र अस्तित्वलाई सम्मान गर्दै ‘अतिथि देवो भवः’ र ‘वसुधैव कुटुम्बकम्’ को संस्कारलाई आत्मसात् गर्दै आएका छौं` ।

´पछिल्ला केही दिनयता केही स्थानहरूमा देखा परेका अस्वाभाविक गतिविधि र असमझदारीले हाम्रो सदियौं पुरानो सामाजिक एकता र भाइचारामा आँच पुर्याउन सक्ने प्रति म चिन्तित छु। समाजलाई विभाजन गर्ने तत्वहरूबाट सचेत रहँदै, कुनै पनि प्रकारको उत्तेजना वा आवेगमा नआई धैर्य धारण गर्न म सम्पूर्णमा विनम्र अनुरोध गर्दछु`।

´विचार र आस्था फरक हुन सक्छन्, तर हाम्रो मानवीय पहिचान र सामाजिक एकता एउटै हो। तसर्थ, सामाजिक सञ्जाल वा अन्य माध्यमबाट कसैको भावनामा चोट पुग्ने कार्य नगर्न र समाजमा शान्ति एवं अमनचयन कायम राख्ख एकजुट हुन म अपिल गर्दछु` ।

´अन्त्यमा, संवाद र सहकार्य नै हरेक समस्याको समाधान हो। हामी सबै मिलेर फेरि एकपटक प्रमाणित गरौं कि मधेश केवल विविधताको भूमि मात्र होइन, यो अटुट एकता र प्रेमको पनि भूमि हो। शान्ति र सद्भाव नै हाम्रो पहिचान हो`।