पुस २२ नेपाल
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र आम नागरिकको हकहितको लागि संघर्षरत नागरिक बचाउ अभियानले वर्तमान सरकारले आम नागरिक, लघुवित्त तथा सहकारी पीडितका समस्या समाधानमा देखाएको उदासीनता र देशमा बढ्दो चरम भ्रष्टाचारका विरुद्ध अब निर्णायक आन्दोलनको विकल्प नरहेको भन्दै निर्णायक राष्ट्रिय आन्दोलन’ को घोषणा र भावी कार्यक्रमहरू सार्वजनिक गर्नका लागि आज विशेष पत्रकार सम्मेलन आयोजना गरिएको जनाएको छ।
उक्त कार्यक्रममा सम्पूर्ण सञ्चारकर्मी मित्रहरूलाई उपस्थित भई सूचना सम्प्रेषण गरिदिनुहुन नागरिक बचाउ अभियानले आह्वान गरेको छ।
कार्यक्रमको विवरणः मितिः २०८२ पुस २२ गते, मंगलबार, समयः दिउँसो १:०० बजे, स्थानः होटल एभरेष्ट, नयाँ बानेश्वर, काठमाडौँ। प्रमुख वक्ताहरू:
दुर्गा प्रसाईं (संयोजक, नागरिक बचाउ महाअभियान) र जेन्जी युवा समूहका प्रतिनिधिहरू रहने नागरिक बचाउ अभियानले जारी गरेको निम्तो पत्रमा उल्लेख रहेको छ।
