पुस २१ नेपाल ।

एशियन हाइड्रोपावर लिमिटेडले नेपाल विद्युत प्राधिकरणबाट (NEA) प्रतिस्पर्धात्मक बोलपत्र प्रक्रिया मार्फत यस कम्पनी पनि छनौट भई दुईवटा ग्रिड-जडित सौयं पीभी (Solar PV) आयोजनाको विकासका लागि नेपाल विद्युत प्राधिकरणबाट Letter of Intent (LOI) प्राप्त भएको थियो ।

यसरी छनौट हुने क्रममा यस कम्पनीले नेपाल विद्युत प्राधिकरणबाट मिति २०८०/१२/२१ मा प्रकाशित बोलपत्र अन्तर्गत छनौट भएको कम्पनीले सौर्य उर्जा आयोजनाको लागि विद्युत खरिद विक्री सम्झौता गर्नका लीग छनौट भएको कम्पनी समेत शेयरधनी रहने गरि Special Purpose Vehicle (SPV) को रुपमा कम्पनी ऐन २०६३ बमोजिम छुट्टै कम्पनीहरु समेत संस्थापना गर्नुपर्ने भएको हुँदा हाल यस कम्पनी समेत शेयरधनी हुने गरि दुईवटा सौर्य उर्जा आयोजनाहरुको लागि कम्पनी समेत गठन भईसकेको छ ।

यस कम्पनी समेत संलग्न भई दुईवटा आयोजनाहरु मध्ये पहिलो Special Purpose Vehicle (SPV) इन्टीग्रेटेड इनर्जी एण्ड इन्डष्ट्रियल इन्टरप्राइजेज प्रा.लि. ले मधेश प्रदेश, धनुषा जिल्लाको मिथिला नगरपालिकामा सौर्य उर्जाबाट ३०,००० किलोबाट (३० मे. वा.) क्षमता को ढल्केवर २ सौर्य उर्जा आयोजना गर्ने गरि कार्य अगाडि बढाईएको तथा दोस्रो Special Purpose Vehicle (SPV) मिथिला सोलार इनर्जी प्रा.लि. ले मधेश प्रदेश सलांही जिल्लाको लालबन्दी नगरपालिकामा सौर्य उर्जाबाट १०,००० किलोवाट (१० मे. वा.) क्षमताको हरिपुर सौर्य उर्जा आयोजना गर्ने गरि कार्य अगाडि बढाउनुका साथै, हाल ती दुवै आयोजनाहरुको लागि नेपाल विद्युत प्राधिकरणसंग विद्युत खरिद विक्री सम्झौता (Power Purchase Agreement) समेत सम्पन्न भएको
एसियन हाइड्रोपावर द्वारा जारी पत्रमा उल्लेख रहेको छ ।