पुस २० नेपाल ।
मिति २०८२ पुस १९ गतेका दिन संयुक्त राज्य अमेरिकाको ट्रम्प प्रशासनले सार्वभौम राज्य भेनेजुएला विरुद्ध गरेको आक्रमणको प्रगतिशील लोकतान्त्रिक पार्टीले बिरोध गरेको छ।
अमेरिकी सरकारले भेनेजुएला माथी गरेको आक्रमण सार्वभौम सम्पन्न भेनेजुएलाका आमजनताको आत्मनिर्णयको अधिकारको बिल्कुलै विपरीत छ।
सार्वजनिक अन्तराष्ट्रिय कानुन विरुद्धको यो कदमविरुद्ध आवाज उठाउन नेपाल सरकारलाई आग्रह गर्दै प्रलोपा भेनेजुएलाका सार्वभौमसत्ता सम्पन्न आमजनतासँग दृढ ऐक्यबद्धता व्यक्त गर्दछ, जसलाई बाह्य दबाब र हस्तक्षेपविना आफ्नै राजनीतिक, आर्थिक र सामाजिक भविष्य निर्धारण गर्ने पूर्ण अधिकार छ। प्रगतिशील लोकतान्त्रिक पार्टी साम्राज्यवादविरुद्ध उभिएका र लोकतन्त्र, स्वाधीनता तथा सामाजिक न्यायका लागि संघर्षरत सबै जनताको पक्षमा दृढतापूर्वक उभिनेछ प्रगतिशील लोकतान्त्रिक पार्टी द्वारा जारी प्रेस बिज्ञप्तिमा भनिएको छ ।

