पुस २० नेपाल ।
अमेरिकाले लागुपदार्थ ओसारपसारको कृतिम आरोप थोपर्दै सार्वभौम मुलुक भेनेजुएलामाथि विध्वंसकारी सैन्य हमला गरेको छ। यसले विश्वलाई स्तब्ध बनाएको छ। हामी यो विध्वंसकारी र अतिक्रमणकारी हमलाको घोर भत्सर्ना गर्दछौं।
अमेरिकाले जे सुकै बहाना बनाए पनि यो समाजवादी भेनेजुएलामाथि फरक विचार र सत्ता संचालनकै कारण गरिएको साम्राज्यवादी-सैन्यवादी हस्तक्षेप हो। यसरी फरक विचार र सत्ताका कारण हमला गर्नु भनेको राष्ट्रको सार्वभौमिकता, राजनीतिक स्वतन्त्रता, विचार स्वतन्त्रता, प्रतिस्पर्धा र मानवअधिकारको ठाडो उलङ्घन गर्नु हो । हाम्रो जोड्दार माग छ कि अमेरिकाले यथासिघ्र आक्रमण रोक्नु पर्छ। समस्याको समाधान वार्ता र सहमतिबाट खोज्जु पर्दछ । विश्व राजनीतिक शक्ति, मानवधिकारवादी र नागरिक समाजले यसका लागि सशक्त पहल गरुन भन्ने आग्रह छ । नेपाल कम्युनिस्ट पार्टी माओवादीका महासचिव नेत्र बिक्रम चन्द(बिप्लव) ले हस्ताक्षर गरि जारी भएको प्रेस बिज्ञप्तिमा उल्लेख रहेको छ।
