पुस १९ नेपाल ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा जारी वैदेशिक रोजगार सेवा प्रवाह (दोस्रो संशोधन) कार्यविधि, २०८२ ले व्यवस्था गरेबमोजिम नेपाली राजदूतावास, मनामा बहराइनमा ४ जनवरी २०२६ देखि वैधानिकरण श्रम स्वीकृतिको प्रक्रिया शुरु हुन गइरहेको व्यहोरा सम्बन्धित सबैको लागि राजदुतावासले जानकारीका दिएको छ ।
सन् २०२४ सेप्टेम्बर ३० सम्म रोजगारीका लागि कामदार भिसा प्राप्त गरी बहराइनमा वैधानिक रुपमा रोजगार गरिरहेका तर हालसम्म श्रम स्वीकृति लिइनसकेका नेपाली श्रमिकहरुले प्रक्रिया पूरा गरी नेपाली राजदूतावास मनामा मा अनलाइन आवेदन गरी श्रम स्वीकृति लिनहुन दूतावासले जारी गरेको सूचनामा उल्लेख छ।
वैधानिकीकरण श्रम स्वीकृतिको कारवाही प्रक्रियाः
१. बैदेशिक रोजगार विभागको अनलाइन प्रणाली (FEMIS) मा आवश्यक कागजात अपलोड गरी अनलाईन आवेदन पेश गर्नु पर्नेछ,
सो का लागि Link https://feims.dofe.gov.np/Common-Login.aspx वा FEMIS QR Code Scan गर्नुपर्ने छ।
२. अनलाइन फाराम भर्दा मागेको व्यक्तिगत विवरण, पासपोर्ट नं, नजिकको हकवालाको विवरण, रोजगारदाता कम्पनीको नाम, सम्पर्क तथा अन्य विवरण भर्ने तथा तपसिलका कागजातहरु अपलोड गर्नुपर्नेछः
कम्तिमा तीन महिनाको म्याद बाँकी भएको राहदानी, बहराइनको CPR कार्ड, बहराइनको Valid Work Permit, कम्पनी संग भएको करार सम्झौता, २०२४ सेप्टेम्बर ३० भन्दा पहिला बहराइनमा रोजगारी भिसा लिइसकेको प्रमाण
३. आवेदनमा विवरण तथा कागजातहरुको अपलोड गरेपछि राजदूतावासमा कार्यालय समयमा आफै उपस्थित भई आफ्नो जैविक विवरण (Biometric data-Iris scan/Finger Print) दिनुपर्नेछ,
४. तपसिल बमोजिमको रकम सही खाता र सही शीर्षकमा मात्र जम्मा गरी सो को प्रमाण राख्नुपर्ने छ (रकम भुक्तानी अनलाइनबाट पनि गर्न सकिने)
नेपालमा म्यादी जीवन बीमाका लागि रकम थप जानकारीका लागि Link: https://foreignjob.dofe.gov.np/Insurance-Company.aspx
वैदेशिक रोजगार कल्याणकारी कोषको रकम रु १५०० दुई वर्षका लागि सामाजिक सुरक्षा कोषको रकम थप जानकारीका लागि Link: https://sosys.ssf.gov.np/Modules/REGISTRATION/Login
WithForeignSubmissionNo.aspx)
५. पेश भएका कागजातहरुको चेक जाँच गरी वैधानिकीकरण श्रम स्वीकृति प्रदान गरिने दूतावासले जनाएको छ।
६. वैधानिकीकरण श्रम स्वीकृतिका लागि थप कुनै शुल्क लाग्ने छैन।

