पुस १९ नेपाल।
मिति २०८२ पौष १८ गते नेकपा (एमाले) काठमाडौँ जिल्ला कमिटीको नवौं बैठक सम्पन्न भएको छ । प्रतिगमनका विरूद्ध प्रतिनिधिसभा पुनर्स्थापनाका पक्षमा दृढ़ रहँदै आवश्यकता अनुरूप कानूनी लगायत सङ्घर्षका विविध स्वरूप अवलम्बन गर्ने र पार्टीले संचालन गर्दै आएको सङ्घर्ष र जनदवावका कारणले फाल्गुन २१ मा गर्ने भनिएको निर्वाचनको वातावरण तयार भएमा उक्त निर्वाचनमा सहभागी हुने नीतिअनुरूप निर्वाचनको आन्तरिक तयारीको कामलाई समेत प्रतिगमन विरूद्धको आन्दोलनका रूपमा अधि बढ़ाउने केन्द्रीय सचिवालयको निर्णय अनुरुप काठमाडौँ जिल्लाको नवौं बैठकले प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय कमिटीहरुको विस्तारित भेला, सम्भावित उमेदवारको नाम सिफारिस गर्न कार्यक्रमको मिति स्थान तय गरेको छ।

