पुस १९ नेपाल ।
अर्घाखाँची जिल्ला, साविक वाङ्ग्ला गा.वि.स., वडा नं. ९, हाल सन्धिखर्क नगरपालिका, वडा नं.५ बस्ने लालमणी भुसालको छोरा पदम प्रसाद भुसाल जन्ममिति २०२३ असाए १ ले घरको आर्थिक अवस्था दयनीय भएको कारण आफ्नो बुवाको पालादेखि नै भारतको भुपालमा फलफूल तरकारी पसल ठेलामा राखी बेचविखन गरी जीवनयापन गर्दै आइरहेको, निजको बुवा (पिता) लालमणि भुसाल र आमा शान्तीदेवी भुसालको नेपाली नागरिकता प्रमाणपत्र नलिदैको अवस्थामा मृत्यु भएको व्यहोरा खुलाई पदम प्रसाद भुसाललाई वंशजको आधारले नेपाली नागरिकता प्रमाणपत्र उपलब्ध गराइदिन अनुसूची सिफारिस फाराम, वडाको किटानी सिफारिस, निजको जन्म प्रमाणीकरण, बुवा र आमाको मृत्यु दर्ता प्रमाणपत्र, सनाखत गर्न सिफारिस गरिएका काका नाता पर्ने कूलचन्द्र भुसाल सन्धिखर्क-५ संगको नाता प्रमाणित, सम्बन्धित वडा समितिको बैठकको निर्णय, प्रहरी सर्जमिन मुचुल्का सहितका आवश्यक कागजात संलग्न राखी निवेदन दिएको सम्बन्धमा निजलाई नेपाली नागरिकता प्रमाणपत्र दिन मिल्छ, मिल्दैन, निज नेपाली नागरिक हुन वा होइनन्, नेपाली नागिरकता प्रमाणपत्र दिन नमिल्ने कुनै कारण भएमा सो खुलाई सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र २०८२ माघ ४ गते कार्यालय समयभित्र कार्यालय वा सन्धिखर्क नगरपालिका, नगर कार्यपालिकाको कार्यालयमा वा सन्धिखर्क नगरपालिका, वडा नं.५ आम्बोट, अर्घाखाँचीमा निवेदन दिनुहुन सम्बन्धित सबैको जानकारीका लागि जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले सार्वजनिक सूचना प्रकाशन गरेको छ।
