पुस १८ नेपाल

पत्रकार समीर जोशी र क्यामेरा पर्सन अमृत भट्टलाई समाचार संकलनका लागि काठमाडौंको थापाथलीस्थित द ब्रिटिस कलेजमा पुगेको बेला गरिएको दुर्व्यवहारप्रति नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको जनाएको छ ।

चर्को शुल्क लिएर विद्यार्थीलाई कामदारको रुपमा दुबई पठाएको विषयमा समाचार संकलनका लागि पुगेका नेपाल लिड डटकमका पत्रकारलाई सुरक्षा गार्डले घेरा हाली कलेज परिसरबाट निस्किन नदिइ सञ्चारकर्ममा अवरोध गरेको महासंघ स्वतन्त्र समाचार सेवा शाखाले जनाएको छ ।

पेशागत धर्म निर्वाहमा जुटेका पत्रकारलाई सघाउनुको साटो कलेज प्रशासनको आदेशमा भएको
दुर्व्यवहार निन्दनीय र प्रेसविरोधी छ नेपाल पत्रकार महासंघले जनाएको छ ।

पत्रकार महासंघले आगामी दिनमा पत्रकार माथी भएको दुर्व्यवहारप्रति नदोहोऱ्याउन र प्रेस स्वतन्त्रताको सम्मान गर्न सम्वद्ध पक्षलाई अनुरोध गरेको छ ।