पुस १८ नेपाल ।

नेपाल विद्युत प्राधिकरणले लोक सेवा आयोगद्वारा लिइने खुला प्रतियोगितात्मक लिखित परीक्षाद्वारा कर्मचारी स्थायी पदपूर्ति गर्ने भएको छ । योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरुबाट रितपूर्वकको दरखास्त दिन नेपाल बिधुत प्राधिकरणले आह्वान गरेको छ। तोकिएको योग्यता पुगेका नेपाली नागरिकहरुले नेपाल विद्युत प्राधिकरण, पदपूर्ति विभागको https://career.nea.org.np प्रणाली मार्फत आवेदन दिन सक्ने प्राधिकरणले जनाएको छ । र नेपाल विद्युत प्राधिकरणमा कार्यरत स्थायी कर्मचारीहरुले https://hris.nea.org.np मार्फत आवेदन दिनुपर्ने प्राधिकरणले जनाएको छ ।