पुस १७ नेपाल ।

विभागको चा लु आ व २०८२/०८३ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार पत्रकार दुर्घटना बीमा गर्ने प्रयोजनका लागि इच्छुक पत्रकार (सञ्चार प्रतिष्ठानमा कार्यरत तथा स्वतन्त्र) हरूबाट सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र तोकिएको शर्तहरूको अधिनमा रही निवेदन दिन बिभागले आह्वान गरेको छ ।

शर्तहरूः

१. बीमा गर्न इच्छुक श्रमजीवी स्वतन्त्र तथा सञ्चार गृहमा कार्यरत पत्रकारहरूले विभागले तोकेको ढाँचामा छुट्टाछुट्टै आवेदन दिनुपर्नेछ ।

२. प्राप्त आवेदन मध्येबाट छनौट भएका ७५ जना श्रमजीवी पत्रकारहरूको बीमाङ्क रकम कुल ७००००० (सात लाख) को बीमा आइजीआइ प्रुडेन्सियल इन्स्योरेन्स लिमटेडमा गरिनेछ ।

३. बीमाका लागि आवश्यक रकम यस विभागले आइजीआइ प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडमा जम्मा गरिदिनेछ ।

४. अन्य सरकारी निकायबाट पत्रकार दुर्घटना बीमा नगरेका पत्रकारहरूले मात्र आवेदन दिन सक्नेछन् ।

५. काठमाडौ उपत्यकाभित्रका ५० प्रतिशत र उपत्यका बाहिरका ५० प्रतिशत पत्रकारहरूको बीमा गरिनेछ

। उपत्यका बाहिर वा भित्र कार्यक्षेत्र भएका पत्रकारहरूको आवेदन कम परेको अवस्थामा आवेदन गरेका मध्येबाट नै समावेश गरिनेछ ।

६ रितपूर्वक आवेदन आई छनौट भएका श्रमजीवी पत्रकार (स्वतन्त्र तथा सञ्चार प्रतिष्ठानमा कार्यरत) हरूलाई विभागले बीमाको लागि छनौट भएको जानकारी दिनेछ ।

७ पत्रकार दुर्घटना बीमाको सम्बन्धमा बीमा कम्पनीको निर्देशन तथा शर्तहरू लागु हुनेछ ।

८ आवेदन फाराम भरी इमेल ठेगाना doibinsurance@gmail.com मा पठाउनुपर्नेछ ।

९. आवेदन फाराम www.doib.gov.np बाट डाउनलोड गर्न सकिनेछ ।

१० बीमा गरिने आवेदकहरूको छनौट उमेरको ज्येष्ठताको आधारमा गरिनेछ । उमेर खुल्ने नागरिकताको स्पष्ट बुझिने प्रतिलिपि र विभागबाट जारी भएको पत्रकार परिचय पत्रकी प्रतिलिपि आवेदनका साथ पेश गर्नुपर्नेछ ।