पुस १६ नेपाल ।
जिल्ला प्रहरी कार्यालय खोटाङले सचेत रहन जिल्ला बासीलाई अपिल गरेको छ। जिल्ला प्रहरी कार्यालय खोटाङले जारी गरेको अपिलमा भनिएको छ।
पछिल्लो समयमा यस खोटाङ जिल्ला तथा छिमेकी जिल्लाहरुमा सेमत विभिन्न अपरिचित व्यक्ति तथा व्यक्तिहरुको समूहले गाउँ/टोलहरुमा जडिबुटी बेच्ने, धामी झाँक्री गर्ने, सरसमान बेच्ने लगायतका बहानामा आई वास माग्ने र पछि चोरी, लुटपट लगायतका गम्भिर प्रकृतिका घटना घटाई फरार हुने गरेको सूचनाहरु फैलिरहेको हुँदा सम्पूर्ण जिल्लावासी नागरिकहरुमा सतर्कता अपनाउन विशेष अनुरोध गरिन्छ ।
तपाईको गाउँ/टोल/घरमा विभिन्न जडिबुटी बेच्ने, धामी झाँक्री गर्ने, सर-सामान बेच्ने, लत्ताकपडा बेच्ने, भिक्षा माग्ने आदी बहानामा आएका अपरिचित व्यक्तिहरुले घरमा वास माग्ने आदी गरेमा त्यस्ता व्यक्तिहरुलाई वास दिनु परेमा निजहरुको स्पष्ट परिचय लिएर, निजको अनुमति लिई फोटो खिचेर तथा स्थानीय जनप्रतिनिधि, टोल छिमेक, प्रहरीलाई जानकारी गराएर मात्र वास दिनुहोला ।
स्थानीय होटल/लज लगायतमा वास बस्न आउने व्यक्तिहरुको परिचय खुल्ने कागजातको फोटोकपि, सम्पर्क नम्बर र उक्त व्यक्तिको नजिकको आफन्तको सम्पर्क नम्बर परिचय/नाता समेत एकिन गरी मात्र वास दिनुहोला ।
कुनैपनि शंकास्पद गतिविधि देखिएमा तुरुन्त नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको आपत कालिन नम्बर १०० मा जानकारी गराउनुहोला ।
घर-टोल सुरक्षाका लागी सबै मिलि CCTV जडान गरी सुरक्षाका उपायहरु अपनाऔं। भन्दै सार्वजनिक अपिल गरेको छ।
