पुस १५ नेपाल ।

नेपाली काङ्ग्रेसका गगन थापाले भनेका छन। ´नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीलाई मेरो प्रयासमा समानुपातिक सूचीमा राखिएको भन्ने हल्ला फैलाइएको रहेछ। म स्पष्ट पार्न चाहन्छु; यो मेरो चाहना विपरित हो। मेरो अनुरोध र हर सम्भव प्रयास विपरितको निर्णय हो`।

´मेरो र उहाँको आ-आफ्ना राजनीतिक दृष्टिकोण र निर्णयहरू हुन्छन्, कहिले मिल्छन्, कहिले बाझिन्छन्। जसरी कुनै बेला हाम्रो राजनीतिक दृष्टिकोण र प्राथमिकता मिलेन र एक अर्कासंग पार्टीको महामन्त्री पदका लागि फरक एजेन्डा र सङ्कल्पसहित चुनाव लड्यौं। यसपटक पनि पार्टीका अग्रज नेताले समानुपातिक प्रणाली रोज्ने वा नरोज्ने विषयमा हाम्रो मत भिन्नता रह्यो`। थापाले आफ्नो फेसबुकमा पोस्ट गरेका छन ।