पुस १४ नेपाल ।

मिति २०८२ पुस ८ देखि काठमाडौँको माइतीघर मण्डलामा आमरण अनसनमा बसेका नेपाल चिकित्सक संघका आजीवन सदस्य डा. कमल भुसाल (निकोलस भुसाल) को स्वास्थ्य स्थिति विग्रंदै गएको प्रति नेपाल चिकित्सक संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

विगत सात दिनदेखि आमरण अनसनमा बसेका डा. भुसाललाई रिंगटा लाग्ने, शरीर सुन्निने लगायत विभिन्न स्वास्थ्य समस्याहरू देखापरेका छन् । डाक्टर भुषालको स्वास्थ्य अवस्था प्रति सरकारले गरेको वेवास्ताका कारण स्वास्थ्यमा थप जटिलताहरू देखा पर्दै गएको अवस्था छ रहेको नेपाल चिकित्सक संघले जनाएको छ।

हरेक नेपालीको स्वस्थ रूपमा बाँच्न पाउने मौलिक अधिकार भएकोले डा. भुसालको जीवन रक्षाका लागि अविलम्व आवश्यक कदम चाल्न नेपाल चिकित्सक संघ नेपाल सरकारसँग जोडदार माग गर्दछ नेपाल चिकित्सक संघले आज जारी गरेको प्रेस बिज्ञप्तिमा उल्लेख रहेको छ।