पुस १४ नेपाल ।
नेपाली कांग्रेसले प्रदेश कार्यसमिति (सबै प्रदेशरुका लागि), जिल्ला कार्यसमिति (सबै जिल्लाहरुका लागि), प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति (सबै क्षेत्रहरुका लागि), प्रदेश सभा क्षेत्रीय कार्यसमिति (सबै प्रदेश सभा क्षेत्रहरुका लागि),पालिका कार्यसमिति (सबै पालिकाहरुका लागि), वडा कार्यसमिति (सबै वडाहरुका लागि) अनुसासन सम्बन्धि केन्द्रीय कार्यसम्पादन समितिको मिति २०८२ पुस १२ गते बसेको बैठकले विभिन्न निर्णय गर्दै कार्यान्वयनका लागि निर्देशन जारी गरेको छ।
बैठकको निर्णयहरु
अनुशासन समितिको निर्णय सम्वन्धमा :
(१) वर्तमान विकसित राजनीतिक अवस्था र आसन्न प्रतिनिधि सभा र राष्ट्रिय सभाको निर्वाचनलाई मध्येनजर गर्दै पार्टीलाई सुसंगठित बनाउँदै पार्टी भित्र बृहत एकता कायम गर्दै संघीय समावेशी लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको दिगो विकाससंगै संविधानको रक्षा गर्नु पर्ने राष्ट्रिय दायित्वलाई हृदयङ्गम गरी आगामी दिनमा पार्टी हित विपरित हुने गरी अनुशासन उल्लंघनका कुनै पनि कार्य नगर्न नगराउन सचेत गराउँदै देहाय बमोजिमको निर्णय गरेको छ ।
(क) विगतको निर्वाचनमा पार्टीको उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवारका विरुद्ध उम्मेदवार भएका, तिनका प्रस्तावक र समर्थक वा असहयोग गरी अनुशासन विपरीतका काम गरेकाहरूलाई केन्द्रीय अनुशासन समितिले गरेको निष्काशन, निलम्वन र पार्टीको विधान अनुसार स्वतः कार्वाहीमा परेकाहरुको बाँकी अवधि माफी मिनाहा गर्ने निर्णय गरेको छ ।
(ख) यसरी कार्वाही माफी/मिनाहा भएका व्यक्तिहरुको पार्टीको वहाल रहेको पद नरहने गरी क्रियाशील सदस्यतालाई निरन्तरता कायम गरी क्रियाशील सदस्यता नवीकरण गर्ने निर्णय बैठकले गरेको छ ।
(२) पार्टी परित्याग गरेकालाई घर फर्कन आहृवान गर्ने।
विगतमा विभिन्न कारणले पार्टी परित्याग गरेर स्वतन्त्र बनेका वा अन्य पार्टीमा गएर उम्मेदवार, प्रस्तावक वा प्रचारक बनेका साथीहरुलाई पार्टीमा फर्कनका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आह्वान गरेको छ । त्यसरी फर्किनेहरुलाई क्रियाशील सदस्यता सहित आवश्यक जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको छ।
(३) वौद्धिक र व्यवसायिक क्षेत्रलाई आहृवान गर्ने।
विभिन्न पेशा, व्यवसाय र विविध क्षेत्रमा रहि राष्ट्र र जनताको सेवामा समर्पित लोकतान्त्रिक विचार र आस्था भएका व्यक्तिहरुलाई नेपाली कांग्रेसमा सक्रिय भूमिका निर्वाह गर्न कार्यसम्पादन समितिको यो बैठक हार्दिक आह्वान गरेको छ ।
बिशेश परिस्थितिमा पार्टी, लोकतन्त्र र समग्र मुलुकको हितका लागि बौद्धिक र व्यवसायिक क्षेत्र विशेष संवाद र सहकार्य गरेर अघि बढ्ने निर्णय गरेको नेपाली कांग्रेसले जारी गरेको पत्रमा उल्लेख छ ।

