पुस १३ नेपाल ।
काठमाडौं जिल्ला अदालतमा मिति २०८२ भाद्र २३ र २४ गते भएको आगजनी तथा तोडफोडको घटनापश्चातअदालतमा क्षति पुगेका/नष्ट भएका चालु मिसिलहरूको सूची सम्मानीत सर्वोच्च अदालतबाट स्वीकृत विशेष परिस्थितिका कारण नष्ट भएका मिसिल कागजातको प्राप्ति र प्रमाणीकरण सम्बन्धी निर्देशिका, २०८२ बमोजिम सूचनापाटी र वेवसाइटमा प्रकाशन प्रकाशित गरिएको काठमाडौं जिल्ला अदालतले जनाएको छ।
उल्लिखित सूची बमोजिमका मिसिलहरू पुनः प्राप्ति गर्ने प्रयोजनका लागि स्पष्ट बुझिने कागजातहरू अदालतबाट भएको प्रमाणित प्रतिलिपि वा सम्बन्धित सरकारी निकायबाट जारी भएको सक्कल वा प्रमाणित प्रतिलपि मुद्दाका वादी, प्रतिवादी तथा सरोकारवाला समेतबाट मिति २०८२ कात्तिक २६ गतेदेखि ३० दिनभित्र अदालतमा उपस्थित हुनको लागि अदालतले यस अघि सूचना जारी गरेकोमा मिति २०८२ मंसिर २६ गतेदेखि पुनः ३० दिन अवधि थप गरिएको अदालतले जनाएको छ। तोकिएको अवधिभित्र कागजातहरू सहित अनिवार्य रुपमा पेस गर्नुहुन जिल्ला अदालत काठमाडौंले सूचना प्रकाशित गरेको छ।
जलेका मिसिल पुनः प्राप्तिका लागि पेस गर्नुपर्ने कागजातहरू :-
फिरादपत्र, प्रतिउत्तरपत्र, बयान, बकपत्र, तारेख पर्चा, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, आदेश, लिखत प्रमाण लगायतका मिसिल संलग्न सम्बन्धित कागजातहरू पेश गर्नुपर्ने छ। काठमाडौं जिल्ला अदालतले जारी गरेको सूचनामा उल्लेख गरेको छ

