पुस १३ नेपाली ।

सुरज मनिलाल साफीको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी काजल देवी साफी भएको बिषाधी खुवाई कर्तब्य ज्यान सम्बन्धी कसूर मुद्दामा फरार रहेका प्रतिवादी जिल्ला सप्तरी राजविराज न.पा. वडा नं. ०१ बस्ने बर्ष २५ की काजल देवी साफीको नाममा सम्मानित सप्तरी जिल्ला अदालत राजविराजबाट मिति २०८२ बैशाख १९ गतेको पत्र आदेशानुसार पक्राउ गर्न अनुमती समेत प्राप्त भएमा प्रतिवादीलाई खोजतलास गर्दै जाँदा प्रतिवादी काजल देवी साफीलाई जिल्ला सप्तरी राजविराज न.पा. वडा नं.०१ चनौरा टोल स्थितबाट मिति २०८२ पुस १२ गते अन्दाजी १४:३० बजेको समयमा पक्राउ गरी सम्मानित सप्तरी जिल्ला अदालत राजविराजबाट दिन सात को म्याद थप भई जिल्ला प्रहरी कार्यालय सप्तरीबाट थप अनुसन्धान कार्य भईरहेको व्यहोरा प्रहरी द्वारा जारी प्रेस बिज्ञप्तीमा उल्लेख छ ।