पुस १० नेपाल ।

प्रभु बैंक लिमिटेडको मिति २०८२ साल पुस ०८ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय बमोजिम प्रभु बैंक लिमिटेडको चौवीसौं वार्षिक साधारण सभा बैंकले घोषणा गरेको छ।

बार्षिक साधरण सभामा सञ्चालक समितिको आ.व.२०८१/०८२ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र लेखापरीक्षकको प्रतिवेदन सहित आ.व. २०८१/०८२ को वित्तीय अवस्थाको विवरण, नाफा नोक्सान विवरण र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण र संलग्न अनुसूची उपर छलफल गरी पारित गर्ने बैंकले जनाएको छ।

प्रभु बैंकमा ठूलो हानी नोक्सानी पुर्याएको भन्दै बैंकका सिईओ अशोक शेरचन पक्राउ

प्रभु बैंकलाई ठुलो हानी नोक्सानी क्षेती पुर्याएको भन्दै नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले बैकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसूरमा प्रभु बैंक लि.का प्रमुख कार्यकारी अधिकृत सिईओ अशोक शेरचन पक्राउ गरेको छ”
नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोबाट प्रतिवादी कुसुम लामा समेत उपर अनुसन्धान भएको ठगी, आपराधिक विश्वासघात र नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसूर मुद्दाको अनुसन्धानको सिलसिलामा संकलन भएका विवरण तथा तथ्यहरुको विज्ञ टोली समेतले अध्ययन विश्लेषण गर्ने क्रममा प्रभु बैंक लि. का कार्यकारी अधिकृत सिईओ अशोक शेरचन समेतले नेपाल राष्ट्र बैंकबाट जारी भएको निर्देशन तथा प्रचलित कानून विपरीत कार्य गरी प्रभु बैंक लि. लाई हानी नोक्सानी पुऱ्याएको नेपाल प्रहरी केन्द्रिय अनुसन्धान ब्युरोले निष्कर्ष निकालेको छ ।
• प्रभु बैंक भित्र भएका गरेका अपराधलाई लुकाउन विभिन्न कम्पनीहरुको नाममा करोडौं रकम कर्जा प्रवाह गरी कर्जाको दुरुपयोग गर्ने/गराउने कसुरमा संलग्न रहेका व्यक्तिहरुलाई बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसूरमा सम्मानित उच्च अदालत पाटन, ललितपुरबाट पक्राउ अनुमति समेत लिई मिति २०८२ मंसिर १४ पक्राउ गरी अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा : बाग्लुङ जिल्ला कालिका-५ स्थायी वतन भएका वर्ष ५४ को प्रभु बैंक लि. का प्रमुख कार्यकारी अधिकृत सिईओ अशोक शेरचन, गोरखा जिल्ला खोप्लाङ १ भई हाल परिवर्तित पालुङटार नगरपालिका वडा नं. ०२ स्थायी वतन भएका प्रभु बैंक लि.का नायव प्रमुख कार्यकारी अधिकृत डिईसिओ वर्ष ५६ को मणि राम पोखरेल, सुनसरी जिल्ला इटहरी उपमहानगरपालिका, वडा नं.४ स्थायी वतन भएका वर्ष ५० का प्रभु बैंक लि. का प्रमुख कर्जा अधिकृत सिसिईओ रिवास श्रेष्ठ रहेको नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले प्रेस बिज्ञप्ती जारी गरेर जनाएको छ।

 

 

गभर्नरले बैंकहरु सुरक्षीत छन भनेको भोलिपल्टै प्रभु बैंकको वरिष्ठ सिईओ मनोज न्यौपाने पक्राउ

२०८० फागुन १७ काठमाडौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरु सुरक्षीत छन, बैंकसग ढुक्कसँग कारोबार गर्न सरोकारवालाहरुलाई अनुरोध गरेको भोलिपल्टै प्रभु बैंक भित्र भ्रष्टाचारजन्य कसुर गरेको अभियोगमा बैंकका वरिष्ठ डेपुटी सिइओ मनोज न्यौपानेलाई नेपाल प्रहरीको सिबिआईले पक्राउ गरेको समाचार आयो । गभर्नरले समग्र बैंकहरु अहिले डुब्ने अवस्थामा नरहेको बताएका थिए । खराब बाटोमा लागेका बैंकहरुलाई काबुमा राखिने उनको भनाइ थियो ।
राष्ट्र बैंकले प्रभु बैंकलाई विभिन्न कारवाही गर्दै सचेत भने गराउदै आएको थियो । वित्तीय नीति नियम उल्लंघन गरेको अभियोगमा राष्ट्र बैंकबाट पटक पटक कारवाही गर्दै आएको छ । गभर्नरले बैंक सुरक्षीत रहेको भनाई व्यक्त गरेको भोलिपल्ट  दुई अर्बभन्दा बढी भ्रष्टाचारजन्य कसुर गरेको ऋण दिदा कमसल धितो राखेर ऋण प्रवाह गरेको ,कारोबार बिगारेको भनेर प्रभु बैंकका वरिष्ठ डीपुटी सीओ मनोज न्यौपानेसहित ११ जना कर्मचारीलाई नेपाल प्रहरीको सीआईबीले पक्राउ गरेको छ । मनोज न्यौपाने सहित ११ जना पक्राउ परे पछी बैंकरहरुको संगठनले बैंकर पक्राउले आफुहरुको मनोबल कमजोर भएको भन्दै बिरोधको बिज्ञप्ती निकालेका छन।( हेमन्त खवर कपि)