पुस १० नेपाल ।
भोजपुर जिल्लाको पौवादुङमा गाउँपालिकाका अध्यक्ष किरण राई द्वारा ‘क्रिसमस डे’ को उपलक्ष्यमा जारी शुभकामना सन्देशमा भनिएको छ:
´इसाई धर्मावलम्बीहरूको महान् पर्व ‘क्रिसमस डे’ को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण इसाई धर्मावलम्वी नेपाली आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरूमा सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछु` ।
´क्रिसमस, विश्वभरका इसाई धर्मावलम्बीहरूले जिसस क्राइस्टको जन्मदिनको उपलक्ष्यमा मनाउने पर्व हो । इसाई धर्मका अनुयायीहरूले हरेक वर्षको डिसेम्बर २५ तारिखको दिनलाई धार्मिक सांस्कृतिक उत्सवका रूपमा ‘क्रिसमस डे’ मनाउँदछन् `।
´यस्ता धार्मिक उत्सव एवं चाडपर्वहरूले विविध सांस्कृतिक पहिचान बोकेका समुदायबीच आपसी सद्भाव, सहिष्णुता र ऐक्यवद्धताको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्दछ भन्ने मैले विश्वास लिएको छु` । ´यसबाट दिगो शान्ति प्रवर्द्धनमा सहयोग पुग्ने र समुन्नत नेपाल निर्माण गर्ने दिशामा सबैलाई थप प्रेरणा मिल्ने विश्वास व्यक्त गर्दै पुनः ‘क्रिसमस डे’ को शुभकामना दिन चाहन्छु` । गाउँ पालिकाक शुभकामना सन्देशमा भनिएको छ।

