पुस १० नेपाली
पुर्व प्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका केन्द्रिय सह संयोजक माधव कुमार नेपाल द्वारा इसाई धर्मावलम्बीहरूको महत्वपूर्ण पर्व क्रिसमस डे को अवसरमा जारी शुभकामना सन्देश पत्रमा भनिएको छ:
´नेपाल बहुधार्मिक, बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधताले सम्पन्न मुलुक हो। संविधानले सुनिश्चित गरेको धर्मनिरपेक्षता, धार्मिक स्वतन्त्रता र समानताको मर्मअनुसार हाम्रो धार्मिक तथा सांस्कृतिक पर्वहरूले आपसी सम्मान, सामाजिक सद्भाव, सहिष्णुता र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँदै आएका छन्`।
´प्रेम, करुणा, सहअस्तित्व र मानवताका मूल्य बोकेको क्रिसमस पर्वले समाजमा शान्ति, सामाजिक न्याय र समावेशी विकासको भावना सुदृढ गर्दै लोकतान्त्रिक मूल्य र राष्ट्रिय एकताको प्रवर्द्धनमा सकारात्मक योगदान पुऱ्याउने विश्वास व्यक्त गर्दछु`।
´अन्त्यमा, क्रिसमस पर्वले सबै नेपालीबीच आपसी समझदारी, सहकार्य र एकतालाई अझ प्रवल वनाउँदै समुन्नत, न्यायपूर्ण र समावेशी नेपालको निर्माणतर्फ प्रेरणा प्रदान गरोस् भन्ने कामनासहित पुनः शुभकामना व्यक्त गर्दछु`। जारी शुभकामना सन्देश पत्रमा उल्लेख रहेको छ ।
