पुस ९ नेपाल ।

नेपाल सशस्त्र प्रहरी बलमा रिक्त रहेको साधारण समूह, साधारण उपसमूह र प्राविधिक समूह, स्वास्थ्यतर्फ पदहरुमा खुला प्रतियोगिताद्वारा पदपूर्तिका लागि योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुबाट अनलाइन मार्फत बा रु. १०/- को टिकट टाँसी स्वयं उपस्थित भई आफूत्ताई पायक पर्ने सशस्त्र प्रहरी बल, नेपालको तोकिएको कार्यालयहरुमा दरखास्त फाराम बुझाउन नेपाल ससस्त्र प्रहरीले दरखास्त आह्वान दिन सार्वजनिक सूचना पुस ४ गते जारी गरेको छ ।

दरखास्त लिने मितिः २०८२ पुस ११ गतेदेखि २०८२ माध ११ गते कार्यालय समयसम्म र दोब्बर दस्तुर बुझाई मिति २०८२ माघ १२ गतेदेखि मिति २०८२ माघ २१ गते कार्यालय समयसम्म बुझाउन ससस्त्र प्रहरीको सूचनामा उल्लेख छ।

यसैगरी अनलाइन मार्फत तोकिएको समय भित्र दरखास्त फाराम भरेका सशस्त्र प्रहरी निरीक्षक, सशस्ख प्रहरी सहायक निरीक्षक, प्राविधिक सशस्त्र प्रहरी निरीक्षक (चिकित्सक) र प्राविधिक सशस्त्र प्रहरी नायव निरीक्षक (स्टाफ नर्स) पदका आवेदकहरुले मिति २०८२ माघ २३ गते कार्यालय समय भित्र आफूले दरखास्त आवेदन दिंदा रोजेको कार्यालयमा स्वयं उपस्थित भई दरखास्त फाराम बुझाउनु पर्ने ससस्त्र प्रहरीले जारी सूचनामा उल्लेख छ ।