पुस ९ नेपाल ।
यातायात व्यवस्था कार्यालय राधे राधे, भक्तपुर, यातायात व्यवस्था कार्यालय गुर्जुधारा, काठमाण्डौँ तथा यातायात कार्यालय ट्रायल सेन्टर दक्षिणढोका लगायतका स्थानहरुमा बिचौलियाको काम गरी सेवाग्राहीहरुलाई दुःख हैरानी दिने तथा यातायात व्यवस्था कार्यालयका कर्मचारी समेतको दैनिक कामकारबाहीमा प्रभाव पार्ने कार्य गर्ने गरेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी टोलीले उक्त कार्यमा संलग्न
१४ जना व्यक्तिहरुलाई मिति २०८२ पुस ८ गते पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली काठमाण्डौ र जिल्ला प्रहरी परिसर भक्तपुर पठाईएको प्रहरीले जनाएको छ।
पक्राउ व्यक्तिहरुको विवरणः
१. जिल्ला सिन्धुपाल्चोक साँगाचोक गढी न.पा. वडा नं. ०८ घर भई हाल जिल्ला ललितपुर मंगलबजार बस्ने राम बहादुर श्रेष्ठको छोरा बर्ष ६१ झमकलाल श्रेष्ठ।
२. जिल्ला काभ्रेपलाञ्चोक बनेपा न.पा. वडा नं. ०५ काठुटोल बस्ने पशुपति अवाको छोरा बर्ष ३३ को अनिमेष अवा।
३. जिल्ला दोलखा तामाकोशी गा.पा. वडा नं. ०४ घर भई हाल जिल्ला भक्तपुर मध्यपुर ठिमी न.पा. वडा नं. ०९ बस्ने कृष्ण बहादुर खड्काको छोरा बर्ष ३३ को बासु खड्का ।
४. जिल्ला झापा कमल गा.पा. वडा नं. २ घर भई हाल जिल्ला भक्तपुर, भक्तपुर न.पा. वडा नं. १० कमलबिनयाक बस्ने सुक बहादुर नेम्वाङको छोरा बर्ष ४७ को भिम बहादुर नेम्वाङ।
५. जिल्ला काठमाण्डौँ, का.म.न.पा. वडा नं. ८ गुहेश्वरी गौरीघाट बस्ने उत्तम बहादुर श्रेष्ठको छोरा बर्ष ४३ को प्रदिप श्रेष्ठ।
६. जिल्ला काठमाण्डौ कागेशवरी मनहोरा न.पा. वडा नं. ५ मुलपानी वस्ने अर्जुन प्रसाद चौलागाईको छोरी बर्ष ३६ की शर्मिला चौलागाई।
७. जिल्ला सिन्धुपाल्चोक मेलम्ची न.पा. वडा नं. १० घर भई हाल का.जि. कागेश्वरी मनोहरा न.पा. वडा नं. ६ मुलपानीचौर वस्ने टेक बहादुर रिजालको छोरी बर्ष ४१ की दिपा कटुवाल ।
८. जिल्ला पर्वत जलजला गा.पा. वडा नं. ४ घर भई हाल का. जि. गोकर्णेश्वर न.पा. वडा नं. ५ दक्षिण ढोका बस्ने लक्ष्मी प्रसाद न्यौपानेको छोरा बर्ष ५० को दुर्गा प्रसाद न्यौपाने।
९. जिल्ला काठमाण्डौँ चन्द्रागिरी न.पा. वडा. न. ०५ गुर्जुधारा बस्ने प्रेम महर्जनको छोरा बर्ष २९ को रन्जित महर्जन।
१०. जिल्ला नवलपरासी (ब.सु.प) बर्दघाट न.पा. वडा न. ११ घर भई हाल काठमाण्डौं चन्द्रागिरी न.पा. वडा. न. ०५ गुर्जुधारा बस्ने रमाकान्त थारुको छोरा बर्ष ३० को अर्जुन चौधरी ।
११. जिल्ला सिन्धुपाल्चोक चौतारा वडा न. ०६ घरभई हाल काठमाण्डौं चन्द्रागिरी न.पा. वडा. न. ०५ गुर्जुधारा बस्ने पुर्ण लामा को छोरा वर्ष १९ को दिवस लामा।
१२. जिल्ला सुनसरी ईटहरी उ.म.न.पा वडा न. १० घरभई हाल काठमाण्डौं चन्द्रागिरी न.पा. वडा. न. ०५ गुर्जुधारा बस्ने हरेन्द्र ढुंगानाको छोरा बर्ष ३१ को सरोज ढंगाना।
१३. जिल्ला काभ्रेपलाञ्चोक रोशी गा.पा. वडा.न. ०१ हाल जिल्ला ललितपुर, ललितपुर म.न.पा. वडा न. १५ सातदोबाटो बस्ने कृष्ण स्याङतानको छोरा बर्ष ३७ को सन्तोष स्याङतान।
१४. जिल्ला काभ्रेपलाञ्चोक पनौती न.पा. ५ घर भई हाल का.जि. चन्द्रागिरी न.पा. वडा. न. १ बस्ने कृष्ण गोपाल खड्गीको छोरा बर्ष ४० को दिलिप खड्गी। प्रहरीले प्रेस बिज्ञप्ति जारी गरेर जनाएको छ।

