पुस ९ नेपाल ।
सुमित कुमार खेतानको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी एस.एन. सप्लायर्सका प्रो. सन्तोष कुमार साह भएको बैंकिङ कसुर मुद्दामा सम्मानित झापा जिल्ला अदालत झापाबाट पक्राउ पुर्जी जारी भई फरार रहेका प्रतिवादीलाई प्रहरी टोलीले मिति २०८२ पुस ९ गते जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. ४ चण्डोलबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय झापा पठाईएको प्रहरीले प्रेस बिज्ञप्ती जारी गरेर जनाएको छ ।

