पुस ९ नेपाल ।
निर्वाचन आयोगको मिति २०८२ पुस ८ को निर्णय बमोजिम राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५४ को उपदफा (४) वमोजिम जरिवाना नबुझाउने आम आदमी पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी (लोकतान्त्रिक), नेपाल राष्ट्रवादी पार्टी,आधुनिक नेपाल समाजवादी पार्टी, नेपाल कम्युनिष्ट पार्टी (गौरवशाली), माओवादी जनमुक्ति पार्टी नेपाल समेत जम्मा ६
राजनीतिक दलहरूको दर्ता राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा १२ वमोजिम खारेज गरिएको निर्वाचन आयोगले प्रेस बिज्ञप्ति जारी गरेर जानकारी गराएको छ ।

