पुस ८ नेपाल
इसाई धर्मावलम्बीहरुको हरेक वर्षको डिसेम्बर २५ का दिन मनाउने महान चाड खिष्टमसको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण इसाई धर्मावलम्बी नगरबासीहरुमा सु स्वास्थ्य तथा दीर्घायु, सुख, शान्ति, सम्वृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दै हार्दिक शुभकामना राप्ती नगरपालिकाले व्यक्त गरेको छ ।
उक्त अवसरमा राप्ती नगरपालिका क्षेत्रमा पनि इसाई धर्मावलम्बीहरुको उल्लेख्य बसोबास रहेको राप्ती नगरपालिकाले जनाउदै राप्ती नगरपालिका, अन्तर्गत वडा कार्यालयहरु, विषयगत शाखाहरु, शैक्षिक संस्थाहरु, सरकारी कार्यालयहरु मिति २०८२ पुस ११ गते १ दिन सार्वजनिक विदा दिने
राप्ती नगरपालिकाले निर्णय गरेको कार्यलयले सूचना निकालेको छ ।

