पुस ७ नेपाल ।

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको
मिति २०८२ पुस ७ गते विहान ९:०० बजे बसेको सञ्चालक समितिको ६२९ औं बैठकको निर्णय अनुसार आ.व. २०८१/८२ को लेखापरिक्षण भई प्राप्त वासलात, २०८१ श्रावण १ गते देखी २०८२ आषाढ मसान्त सम्मको नाफा नोक्सान हिसाव तथा सोही अवधिको नगद प्रवाह विवरण र सो सँग सम्बन्धीत अनुसुचिहरु पारित गरी बैंकको ३९औं बार्षिक साधारण सभामा स्वीकृतिको निमित्त प्रस्ताव पेश गर्न नेपाल राष्ट्र बैंकको अनुमतिका लागि पेश गर्ने गरी वित्तीय विवरणहरु स्वीकृत गरेको र नगद तथा बोनस शेयर वितरण सम्वन्धमा कुनै प्रस्ताव नगरिएको व्यहोरा नेपाल ईन्भेष्टमेन्ट बैंकले जानकारी दिएको छ ।