पुस ६ नेपाल ।

सिन्धुपाल्चोक जिल्ला लिसंखु पाखर गाउँपालिकाको मिति २०८२ असोज २९ गतेको गाउँ कार्यपालिकाको निर्णयानुसार पहिलो चरणमा बुलबुले चिया बगान संरक्षण व्यवस्थापनको कार्य श्रमदानबाट गर्ने गरी शुभारम्भ भएकोमा सो कार्यको निरन्तरताका लागि दोस्रो चरणमा श्रमदानबाट चिया बगान गोडमेल तथा संरक्षण कार्य मिति २०८२ पौष ०८ गते, मंगलबार बुलबुले चिया बगान, अत्तरपुरमा विहान ७ बजे गर्ने तय भएको हुँदा जनप्रतिनिधिहरु सबै र इच्छुक स्थानीयवासीको सहभागिताका लागि गाउँपालिकाले अनुरोध गरेको छ । गोडमेलका लागि आवश्यक हुने कोदालो र हँसिया श्रमदानमा सहभागी सबैले साथमा लिई आउन समेत गाउँपालिकाले सवैलाई अनुरोध गरेको छ।