पुस ५ नेपाल ।

नेपालको सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारणका लागि “विदेशमा रही अनौपचारिक रूपमा विप्रेषणको काम कारोबार (हुण्डी) गरेको वा सङ्कलित रकम नेपाल नपठाएको” भनी प्राप्त गोप्य सूचना तथा तथ्याङ्कहरु नेपाल सरकारका सम्बन्धित निकायमा विद्युतीय माध्यमबाट पठाउनुपर्ने व्यवस्था रहे बमोजिम दूतावासले नियमित रूपमा त सूचना तथा तथ्याङ्कहरू परराष्ट्र मन्त्रालयमा पठाउने गरेको मलेसिया राजदुतावासले जनाएको छ ।

दूतावासले मलेसिया, इन्डोनेसिया, फिलिपिन्स, ब्रुनाई दरुसलाम तथा टिमोर लेस्टेमा रही कोही कसैले अनौपचारिक रूपमा विप्रेषण (हुण्डी) को काम कारोबार नगर्नु/नगराउनु अनुरोध गर्दै कोहि कसैले त्यस्तो काम/कारोबार गरेको भए त्यस्तो कार्य गर्ने/गराउनेको विवरण प्रमाणसहित दूतावासमा जानकारी गराई सहयोग गर्नुहुन समेत दूतावासले सवैलाई आग्रह गरेको छ । साथै हुन्डी कारोबारसम्बन्धी सूचना उपलब्ध गराउने व्यक्तिको पहिचान पूर्ण रूपमा गोप्य राख्ने समेत नेपाली राजदुत क्वालालम्पुर मलेसियाले प्रेस बिज्ञप्ती जारी गरेर जनाएको छ।