पुस ४ नेपाल।
महानगरपालिका अन्तर्गतका केही विद्यालयहरूमा छात्रको कपाल लामो भएको भनि विद्यालयमा जथाभावी मुन्डन गरिदिने कार्यले छात्रलाई मनोवैज्ञानिक असर परेको भनि जनगुनासो प्राप्त भएको सन्दर्भ र शिक्षा नियमावली, २०५९ को नियम २५ (ट) मा विद्यालय व्यवस्थापन समितिले विद्यार्थीले पालना गर्नुपर्ने आचारसंहिता बनाई लागु गर्ने र नियम १३३ (१) (ट) मा विद्यार्थीलाई शारीरिक वा मानसिक यातना दिन नहुने भन्ने व्यवस्था समेत रहेको सन्दर्भमा विद्यार्थीलाई शारीरिक वा मानसिक यातना नहुने गरी आचार संहिता पालना गर्न गराउन हुन काठमाडौं महानगरपालिकाले अनुरोध गरेको छ।

