पुस ४ नेपाल ।

सशस्त्र प्रहरी बल, नेपालमा रिक्त रहेको साधारण समूह, साधारण उपसमूह र प्राविधिक समूह, स्वास्थ्यतर्फ विभिन्न पदहरुमा खुला प्रतियोगिताद्वारा पदपूर्तिका लागि योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुबाट अनलाइन मार्फत् वा रु. १०/- को टिकट टांसी स्वयं उपस्थित भई आफूलाई पायक पर्ने सशस्त्र प्रहरी बल, नेपालको तोकिएको कार्यालयहरुमा दरखास्त फाराम बुझाउन नेपाल ससस्त्र प्रहरीले आव्हान गरेको छ ।

१. दरखास्त लिने मिति :-

(क) मितिः २०८२।०९।११ गतेदेखि २०८२।१०।११ गते कार्यालय समयसम्म र दोव्वर दस्तुर बुझाई मिति २०८२/१०/१२ गतेदेखि मिति २०८२।१०।२१ गते कार्यालय समयसम्म ।

(ख) अनलाइन मार्फत् तोकिएको समयभित्र दरखास्त फाराम भरेका सशस्त्र प्रहरी निरीक्षक, सशस्त्र प्रहरी सहायक निरीक्षक, प्राविधिक सशस्त्र प्रहरी निरीक्षक (चिकित्सक) र प्राविधिक सशस्त्र प्रहरी नायव निरीक्षक (स्टाफ नर्स पदका आवेदकहरुले मिति २०८२।१०।२३ गते कार्यालय समयभित्र आफूले दरखास्त आवेदन दिंदा रोजेको कार्यालयमा स्वयम् उपस्थित भई सक्कलै दरखास्त फाराम बुझाउनु पर्नेछ ।

२. सम्पर्क मिति तथा स्थान :-

(क) साधारण समूहतर्फका सशस्त्र प्रहरी निरीक्षक, सशस्त्र प्रहरी सहायक निरीक्षक, प्राविधिक समूह, स्वास्थ्यतर्फका प्राविधिक सशस्त्र प्रहरी निरीक्षक (चिकित्सक) र प्राविधिक सशस्त्र प्रहरी नायव निरीक्षक (स्टाफ नर्स) पदको प्रारम्भिक शारीरिक परीक्षण परीक्षा सम्बन्धी सूचना मितिः २०८२।१०।२९ गते सशस्त्र प्रहरी बल, नेपालको वेबसाइट www.apf.gov.np मा प्रकाशन गरिने ससस्त्र प्रहरीले जनाएको छ।