पुस ४ नेपाल ।

नेपाल खुला विश्वविद्यालय, कार्यकारी परीषदको मिति २०८२ मंसिर ९ को पत्रानुसार पदपूर्ति समितिका लागि अधिकृत स्तर- १ र कार्यालय सहायक प्रथम १ गरी २ जना आंशिक करार सेवाका लागि कर्मचारी आबस्यकता भएकोले योग्य ईच्छुक नेपाली नागरिकहरुबाट सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र दरखास्त दिन बिद्यालयलले आह्वान गरेको छ ।

विश्वविद्यालयको वेबसाइटमा राखिएको आवेदन फारम भरी व्यक्तिगत विवरणसहित विश्वविद्यालयको पदपूर्ति समितिमा वा recruitment@nou.edu.np इमेल मार्फत समेत आवेदन पठाउन सकिने बिद्यालयले जनाएको छ ।

आवेदनका लागि अधिकृत स्तरको पदलाई रु.२०००/- र कार्यालय सहायक प्रथम पदका लागि रू.१२००/- ग्लोबल आइ एमई बैंक, कीर्तिपुर स्थित नेपाल खुला विश्वविद्यालयको चल्ती खाता नं. ००५०१०१००००५०२ मा जम्मा गरी भौचरको स्क्यान कपी फारमसँगै संलग्न राखुपर्ने, म्याद नाघी प्राप्त हुन आएका र रीत नपुगेका दरखास्त उपर कुनै कारबाही नहुने, छनोटमा परेका उम्मेद्वारहरूलाई अन्तरवार्ताको समय तथा मिति विश्वविद्यालयको आधिकारिक वेवसाइडमार्फत जानकारी गराउने बिद्यालको सूचनामा उल्लेख छ ।

आवेदकको योग्यता

१. अधिकृत स्तरका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तिमा स्नातक तह उतीर्ण भएको, सरकारी सेवा वा विश्वविद्यालय सेवा वा अन्य कुनै संगठित संस्थाको सेवामा कार्यरत वा त्यस्तो सेवाबाट निवृत्त अधिकृत स्तर वा सोसरहको कम्तिमा ५ वर्षसम्मको अनुभव भएको, कम्प्युटर प्रयोग सम्बन्धी ज्ञान तथा सिप भएको हुनु पर्ने ।

२. कार्यालय सहायक प्रथमका लागि कम्तिमा कम्प्युटर विषय लिई १२ कक्षा उत्तीर्ण भएको वा १२ कक्षा उत्तीर्ण भई मान्यता प्राप्त संस्थाबाट कम्प्युटरमा ६ महिने डिप्लोमा कोर्ष गरेको, अंग्रेजी र नेपाली टाईप राम्रोसंग गर्न सक्ने ।

पारिश्रमिक तथा अन्य सुविधा नेपाल खुला बिश्व बिद्यालय को नियम तथा निर्णय बमोजिम हुने।

अधिकृत स्तरका लागि विश्वविद्यालय सेवा आयोग वा लोक सेवा आयोग वा अन्य संगठित संस्थाको पदपूर्ति समितिका अनुभवीलाई विशेष ग्राह्यता दिइने नेपाल खुला विश्वबिद्यालयले जनाएको छ।