पुस ३ नेपाल ।

मिति २०८२ पुस १ गते अं. १७:०० बजेको समयमा जिल्ला चितवन भरतपुर महानगरपालिका वडा नं. २६ स्थितमा प्रतिबन्धित लागू औषध बिक्री वितरण भईरहेको छ भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय चनौली, चितवनबाट खटिएको प्रहरी टोलीले जिल्ला चितवन भरतपुर महानगरपालिका वडा नं. २६ दिब्यनगर जुनेली टोल वस्ने बर्ष २३ को शुवास बि.क.लाई संका लागी निजलाई निन्त्रणमा लिई चेक जाँच गर्दा निजको साथ बाट लुकाई छिपाई राखेको प्रतिबन्धित लागु औषध DIAZEPAM Injection i.p. 2ml लेखिएको (डाईजेपाम) ६३ एम्पुल, BUPRENORPHINE Injection i.p. 2ml (बुर्पिनोर्फिन) लेखिएको ६३ एम्पुल र PHENERGAN Injection i.p. 2ml लेखिएको (फेनारगन) ६३ एम्पुल गरी जम्मा १८९ एम्पुल फेला पारी उक्त लागु औषध सहित निजलाई नियन्त्रणमा लिई लागु औषध सम्बन्धी कसूरमा सम्मानित चितवन जिल्ला अदालतबाट दिन ७ म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।