पुस ३ नेपाल ।

झुठ्ठा विवरण पेश गरी नागरिकता, राष्ट्रिय परिचयपत्र र राहदानी बनाई बिभिन्न व्यक्तिहरु तेस्रो मूलुक जाने गरेको सूचनाका आधारमा प्रहरी टोलीले मिति २०८२ पुस १ गते काठमाण्डौ जिल्लाको बिभिन्न स्थानबाट उक्त कार्यमा संलग्न रहेका मानिसहरुलाई वरामद दसी सहित पक्राउ गरी नागरीकता, लिखत किर्ते र संगठित अपराध सम्बन्धी कसुरमा थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि मिति २०८२ पुस २ गते जिल्ला प्रहरी कार्यालय झापा पठाईएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा:
१. जिल्ला दाङ तुलसीपुर उ.म.न.पा. वडा नं. १७ घर भई हाल जिल्ला काठमाण्डौ तारकेश्वर न.पा. वडा नं. ८ शान्तिटोल वर्ष ४३ को यम बहादुर वस्नेत ।

२. जिल्ला झापा कचनकवल गाउँपालिका वडा नं. ३ घर भई हाल जिल्ला ललितपुर महालक्ष्मी न.पा. वडा नं. १ इमाडोल बस्ने वर्ष ५१ को कृष्ण बहादुर कटुवाल।

३. जिल्ला झापा भद्रपुर न.पा. वडा नं. ९ घर भई हाल जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. ३० ज्ञानेश्वर वर्ष ४१ को सुर्य बहादुर खड्का ।