पुस १ नेपाल ।
जनपक्षीय विद्यार्थी युनियन, नेपालले विदेशमा रहेका नेपाली विद्यार्थी, श्रमिक तथा सम्पूर्ण नेपाली नागरिकलाई यसै चुनावबाट मताधिकार सुनिश्चित गरियोस, निजी विद्यालयहरूले असुल्दै आएको अत्याधिक शुल्क ५०% घटाइयोस लगायतका १३ बुँदे जनपक्षीय माग अघि सार्दै पौष ७ गते उपत्यकाव्यापी शैक्षिक हडताल आयोजना गरेको जनाएको छ ।

उक्त संगठनले सरकार तथा सम्बन्धित सरोकारवाला निकायहरूलाई विनम्रतापूर्वक पुनः जोडदार अनुरोध गर्दै कि विद्यार्थी र नागरिकका लोकतान्त्रिक तथा संवैधानिक अधिकार खोस्रे कुनै पनि दुस्साहस सह्य हुने छैन। उपत्यकाव्यापी शैक्षिक हडताललाई सफल बनाउन पुरक संघर्षका कार्यक्रमहरू सार्वजनिक गर्न यो प्रेस विज्ञप्ति जारी गरेको संगठनले जनाएको छ।