मंसिर २९ नेपाल ।
प्रधानमन्त्री र दुर्गा प्रर्साईंको महाअभियानका केन्द्रीय अध्यक्ष लगायतका पदाधिकारीबिच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मिति २०८२ मंसिर २२ मा भएको बैठकमा छलफल भएअनुसार मिति २०८२ पुस २ गते अर्को बैठक बस्ने सहमती भएको थियो।
महाअभियानले उठाएका तत्कालै सम्बोधन गर्न सकिने विषय तथा मागहरूका सम्बन्धमा वार्ता गर्नका लागि नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री माननीय जगदीश खरेलज्यूको संयोजकत्वमा सम्माननीय प्रधानमन्त्रीज्यूका प्रमुख सल्लाहकार श्री अजयभद्र खनाल र जनसम्पर्क सल्लाहकार श्री गोविन्द नारायण तिमिल्सिना रहने गरी आन्तरिक सहजीकरण तथा समस्या समाधान समिति गठन भएको व्यहोरा सम्माननीय प्रधानमन्त्रीज्यूको निर्देशानुसार जानकारीका लागि अनुरोध छ। साथै, उक्त समितिसँग वार्ता गर्नका लागि तहाँबाट पनि ३ (तीन) जना प्रतिनिधिहरू सिफारिस गरी पठाइदिनुहुन समेत निर्देशानुसार प्रधानमन्त्रीको स्वकीय सचिवालयले अनुरोध गरेको छ।

