मंसिर २९ नेपाल
संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापना कार्यको लागि United Nations Multidimensional Integrated Stabilization Mission in the Central African Republic (MINUSCA) मा तैनाथ Light Infantry Battalion (LIB) अन्तर्गत युद्धभैरव गण (शान्ति सेना) तेस्रो डफ्फालाई बदली गर्नको लागि गोरखनाथ गण (शान्ति सेना) चौथो डफ्फाका १७५ जना शान्ति सैनिकहरूको पहिलो टोली २०८२ मङ्सिर २८ गते मिसन इलाका प्रस्थान गरेका छन् । त्यस्तै, उक्त मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरेका २२५ जना नेपाली शान्ति सैनिकहरू मङ्सिर २८ गते नै स्वदेश फिर्ता भएका छन् ।
हाल उक्त मिसनमा नेपाली सेनाका ११८९ जना शान्ति सैनिकहरू कार्यरत रहेको नेपाली सेनाको समाचारमा उल्लेख छ ।
