मंसिर २५ नेपाल ।
एन आई सी एशिया बैंकको लोगो, बैंकसँग सम्बन्धित ईमेल, फोटो तथा विभिन्न विवरणहरु प्रयोग गरी चिठ्ठा तथा उपहार जितेको, रोजगारीको अवसर, कर्जा स्वीकृत गरेको जस्ता झुटा विवरणहरु Facebook, X, Youtube, Tiktok, Whatsapp, Viber, IMO, Messenger जस्ता सामाजिक सञ्जालहरुमा राखी ग्राहक महानुभावहरुको व्यक्तिगत विवरणहरु तथा खाता विवरण माग्ने, बैंकको प्रतिनिधी भन्दै फोन गरी प्रलोभन देखाएर ठगी गर्ने जस्ता क्रियाकलापहरु देखिएकोले यस्ता गतिविधिहरु स्क्याम भएको र ठगी गर्ने उद्देश्यबाट राखिएकाले ग्राहक महानुभावहरुलाई सचेत र सतर्क रहन बैकले अनुरोध गरेको छ ।

बैंकले ग्राहक महानुभावहरुको OTP, PIN Code, Password जस्ता कुनै पनि व्यक्तिगत विवरणहरु नमाग्ने भएकाले आफ्ना गोप्य विवरणहरु कसैलाई पनि उपलब्ध नगराउन समेत ग्राहक महानुभावहरुलाई बैंकले अनुरोध गरेको छ ।